Tuesday, June 23, 2026
spot_img

नेपाल एसबिआई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमबाट मधेशका ८ सय विद्यार्थी लाभान्वित

spot_img
spot_img

नेपाल एसबिआई बैंकद्वारा मधेश प्रदेशमा सञ्चालित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका ८ सयभन्दा बढी गरिब तथा विपन्न वर्गका विद्यार्थी लाभान्वित भएका छन् ।
बैंकले बारा जिल्लाको जीतपुरसिमरास्थित श्री आदर्श आधारभूत विद्यालय, सर्लाही जिल्लाको हरिवनस्थित श्री जनता प्राथमिक विद्यालय, सप्तरी जिल्लाको राजगढ र राजविराजस्थित श्री जनता माध्यमिक विद्यालय बेल्ही चपेना तथा श्री बौद्घिक अपाङ्गता विद्यालय र रौतहट जिल्लाको चन्द«पुरस्थित श्री दलित जनजागरण आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग पु¥याउने उद्धेश्यले विभिन्न सामग्री सहयोग गरेको हो ।

बैंकका अनुसार ति विद्यालयका विद्यार्थीहरुका लागि ह्वाईट बोर्ड, कुर्सी, स्टिल दराज, अफिस टेबुल, विद्यालय पोशाक, स्कुल ब्याग र अन्य शैक्षिक तथा खेलकुद सामग्रीहरु सहयोग गरिएको हो ।

यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ ।

समुदाय स्तरमा यस किसिमका गतिविधिहरु सञ्चालन गर्दै आएको नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img