Wednesday, July 1, 2026
spot_img

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक विदा

spot_img
spot_img

आज फागुन ७ गते देशभर विविध कार्यक्रम गरेर ७६ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम मनाइँदै छ । विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यता जनताको संघर्ष तथा बलिदानबाट स्थापित भएको हुनाले आजको दिन नेपाली इतिहासमा गौरवपूर्ण दिनका रुपमा मानिन्छ । प्रजातन्त्र दिवसको अवसरमा आज राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना दिएका छन् ।

सरकारले ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवस मुल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । सैनिक मञ्च, टुँडिखेलमा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को औपचारिक मूल समारोह आयोजना हुने छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...

घरजग्गा कारोबारको लाइसेन्स पाएका कम्पनीले अधिकतम् ५ प्रतिशत मात्रै सेवा शुल्क लिने

घर जग्गा कारोबारको इजाजतपत्र प्राप्त कम्पनीहरुले सेवाबापत अधिकतम् ५...

नेप्सेमा सानिगाड हाइड्रोको शेयर सूचीकृत, SGHL सिम्बलबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत...
spot_img