Saturday, August 15, 2026
spot_img

होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ आज बाँडफाँड हुँदै

spot_img

होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज फागुन ४ गते सोमबार बिहान शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म आम सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।

नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो ।

यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ब्याट्री रिसाइकलको काम गाडी आयातकर्ताले मात्र गर्न सक्दैनन्, छुट्टै कम्पनी चाहिन्छ : गोल्छा

अटोमोबाइल व्यवसायी एवं नाइमाका संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री...

NPL को टिकटिङ पार्टनर: दुई सिजनमा खल्ती, अब खुला टेण्डरबाट छानिने

नेपाल क्रिकेट संघ क्यानले नेपाल प्रिमियर लिग एनपीएलको लागि...

१३० प्रतिशतले बढ्यो अपि पावरको नाफा, ईपीएस दोब्बर

अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

विद्युतमा खुला पहुँच कार्यान्वयन हुँदै, नियमन आयोगले तयार पार्यो थप दुई निर्देशिका

विद्युत प्रशारण तथा वितरण प्रणालीमा खुला पहुँच लाई कार्यान्वयन...

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, नेपाल लाइफ क्यापिटलसँग सम्झौता

कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नाफा ५८.२६ करोड, ईपीएस ११.२१ रुपैयाँ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो...
spot_img