Friday, July 3, 2026
spot_img

घट्यो अण्डाको मूल्य

spot_img
spot_img

अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको सङ्घका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ३७५ र मिडियम रु ३३५ कायम गरिएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट रु ४३५ र मिडियम रु ४०५ रहेको थियो । माघ ११ गते ठूलो अण्डा रु ४९५ र मिडियम रु ४७५ पुगेको थियो । गत मङ्सिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो ।  तत्कालीन समयमा फार्ममा ठूलो अण्डा रु ५६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रु ५५० थियो ।

सङ्घका अध्यक्ष पोखरेलका अनुसार भारतीय सेतो अण्डा धेरै भित्रिएको र उत्पादन बढेका कारण यहाँको अण्डाले बजार र मूल्य पाउन नसकेको हो । भारतीय अण्डा रोक्न सङ्घले सरकारी निकायसँग निरन्तर रूपमा माग गरिरहेको उनले जानकारी दिए ।

अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यस आधारमा लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका बनेका छन् । सङ्घले देशभरका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img