Friday, April 17, 2026
spot_img
spot_img

टी २० विश्वकपका खेल टुँडिखेल र तीनकुनेमा लाइभ देखाइने

spot_img
spot_img

कोका–कोला नेपालले ओपन डोर इन्टरटेन्मेन्टसँगको सहकार्यमा आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालका खेलहरू सार्वजनिक रूपमा देखाउने भएको छ । ‘क्रिकेट फिएस्टा’ नाम दिइएको यो विशेष कार्यक्रम काठमाडौंको टुँडिखेल र तीनकुनेमा आयोजना हुनेछ ।

आयोजकका अनुसार यसमा विभिन्न मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलको रोमाञ्चक अनुभवसमेत प्रदान गर्नेछ ।

आयोजकले भनेको छ ‘निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस कार्यक्रमले प्रत्यक्ष क्रिकेट खेलसँगै सांगीतिक मनोरञ्जन र विभिन्न अन्तरक्रियात्मक ब्रान्ड गतिविधिहरूको अनुभव प्रदान गर्नेछ । टुँडिखेलमा फेब्रुअरी ८ र १२, २०२६ मा तथा तीनकुनेमा पनि सोही अवधिमा स्क्रिनिङ कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रम स्थलको गेट दिउँसो १ः०० बजे खुल्नेछ भने खेलको प्रत्यक्ष प्रसारण दिउँसो ३ः०० बजेदेखि सुरु हुनेछ ।’

आयोजकका अनुसार खेल सुरु हुनुअघि महेश काफ्ले र अस्मिता अधिकारीको प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने छ । जसले खेलको उत्सवमय माहोल तयार पार्नेछ । यस कार्यक्रमले क्रिकेटप्रेमीहरूलाई केवल खेलको स्क्रिनिङ मात्र नभई थप रोमाञ्चक अनुभव पनि प्रदान गर्नेछ । साथै, कार्यक्रम स्थलभरि विभिन्न रमाइला ब्रान्ड गतिविधि तथा खेलहरूमा सहभागी भई दर्शकहरूले अन्तरक्रियात्मक र उत्साहपूर्ण वातावरणको अनुभव गर्न सक्ने आयोजकले जनाएको छ।

यसैगरी, कोका–कोला नेपालले क्रिकेटप्रेमीहरूका लागि आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपालका खेलहरू भि आई पी जोनबाट हेर्न सकिने विशेष पास जित्ने अवसर पनि प्रदान गरेको छ । यी विशेष पास जित्न इच्छुक व्यक्तिहरूले कोका–कोला नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने

ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजले हकप्रद निष्काशन गर्ने भएको...

६ प्रतिशतले घट्यो आरएसडिसी लघुवित्तको खुद नाफा, ५ करोड ६७ लाख बाड्न मिल्ने

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ को...

५९.५१ प्रतिशतले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानी, ईपीएस १०.५४ रुपैयाँ

मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो...

सांसद संख्या ५४३ बाट बढाएर ८५० पुर्याउँदै भारत, महिलालाई ३३ प्रतिशत आरक्षण

भारतीय संसदको विशेष सत्रमा आज सरकारले तीनवटा महत्वपूर्ण विधेयक...

दीपक खड्कालाई थुनामुक्त गर्न आदेश

सर्वोच्च अदालतले कांग्रेस नेता एवम् पूर्वमन्त्री दीपक खड्कालाई थुनामुक्त...
spot_img