Sunday, May 31, 2026
spot_img

सूर्योदय वोमी लघुवित्तको एफपीओमा मागभन्दा ५१० गुणा बढीको आवेदन

spot_img
spot_img

सूर्योदय वोमी लघुवित्तले निष्काशन गरेको एफपीओमा माग गरिएको भन्दा ५१० गुणा बढीको आवेदन परेको छ। आवेदन दिने अन्तिम दिन आज साउन ८ गते साँझ ५ बजेर ६ मिनेटसम्ममा कम्पनीको एफपीओमा माग गरिएको भन्दा ५१०.१३ गुणा बढीको आवेदन परेको हो ।

एफपीओमा १६ लाख ५६ हजार ८ सय २६ आवेदकबाट २ करोड ३८ लाख ३७ हजार ९ सय कित्ताको लागि आवेदन परेको हो ।  कम्पनीले साउन ४ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको ४६ हजार ७ सय २९ दशमलव ५४५० कित्ता एफपीओ निष्काशन गरेको हो ।  आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था थियो।

कम्पनीले अंकित मूल्य रु १०० मै एफपीओ निष्काशन गरेको हो । एफपीओ निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

साविकको सूर्योदय लघुवित्त वित्तीय र वोमी लघुवित्त मर्ज भई सूर्योदय वोमी लघुवित्त बनेको थियो । संस्थाको कुल चुक्ता पूँजी  एकानब्बे करोड सात लाख बयासी हजार पाँच सय आठ रुपैयाँमा संस्थाको पूँजी संरचना संस्थापक शेयरको हिस्सा ७०.३६ प्रतिशत रहेको र सर्वसाधारण समूहको शेयर हिस्सा २९.६४ प्रतिशत रहेकोले सर्वसाधारण तर्फको हिस्सा बढाई ३० प्रतिशत पुयाउनका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिने (मर्जर) का लागि अन्तिम स्वीकृति पत्र प्रदान गर्दा दिएको निर्देशन बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा कम्पनीले एफपीओ निष्काशन गरेको हो ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपालले भारतको सीमा मिचेको’ बालेनको भनाईबारे परराष्ट्र मन्त्रालयले दियो यस्तो प्रष्टीकरण

नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा व्यक्त गरेको विषयबारे...

निक्कीद्वारा १९ बुँदामार्फत बजेटको स्वागत

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपाल सरकारद्वारा २०८३ जेठ...

राष्ट्रिय लट्री कार्यक्रम संचालन गर्दै सरकार, हरेक दिन एक जनालाई लखपति बनाउने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले हरेक दिन राष्ट्रिय लट्री...

बजेटबारे सर्वाधिक आलोचना भएका विषयबारे अर्थमन्त्रीले के के दिए प्रष्टीकरण ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे...

शेयरबजारको पुँजीगत लाभकर फाइनल नै हो : अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...
spot_img