अतिथि रिसोर्ट एण्ड स्पा लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ २० गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले १६ करोड २५ लाख रुपैयाँ बराबरको १६ लाख २५ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको ह हो। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यो कम्पनीले पोखराको लेकसाइडमा अतिथि रिसोर्ट एण्ड स्पा संचालन गरिरहेको छ। यो चार तारे रिसोर्ट हो ।









