Friday, June 19, 2026
spot_img

आइसिएफसि फाइनान्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित

spot_img
spot_img

आइसिएफसि फाइनान्स कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५ बाट सम्मानित भएको छ ।  कर्पोरेट क्लब नेपालद्वारा आयोजित कार्यक्रममा २०२५ को वित्तीय संस्थाको विधामा ‘दि एच आर एम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२५’ बाट सम्मान गरिएको हो ।

यस अवार्डका लागि मनोनित वित्तीय संस्थाहरू मध्येबाट सुदृढ वित्तीय प्रदर्शन, सुशासन, सेवा विस्तार तथा संस्थागत व्यवस्थापनमा उत्कृष्टता प्रदर्शन गरे वापत आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड उक्त प्रतिष्ठित अवार्ड प्राप्त गर्न सफल भएको हो । ललितपुरमा आयोजित समारोहमा  आइ.सि.एफ.सि. फाइनान्सका प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत तथा नायब महाप्रबन्धकले संयुक्त रूपमा उक्त सम्मान ग्रहण गरेका थिए ।

विभिन्न वित्तीय संस्थाहरूको वित्तीय विवरणको विश्लेषण, प्रमुख वित्तीय सूचकाङ्कहरू, सुशासन अभ्यास, कर्जा प्रवाह तथा असुलीको अवस्था, चुक्ता पुँजीको स्थिति, व्यवसायिक विस्तारको दिगोपन, मानव संसाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरण रणनीति, तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएका विभिन्न कार्यक्रमहरूको मुल्यांकनको आधारमा आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडलाई यो सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले पारदर्शी नीति, प्रभावकारी जोखिम व्यवस्थापन, ग्राहक–केन्द्रित वित्तीय सेवा, डिजिटल तथा भौतिक सेवा पहुँच विस्तार तथा आम जनमानसमा कायम विश्वासका कारण वित्तीय क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको मूल्यांकन समितिको निष्कर्ष रहेको थियो ।

अवार्ड ग्रहण पश्चात् कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले यस सम्मानलाई सञ्चालक समितिको उचित मार्गदर्शन, कर्मचारीहरूको निरन्तर समर्पण, नियामक निकायको सहयोग, शेयरधनीहरूको विश्वास तथा आइ.सि.एफ.सि. फाइनान्ससँग आवद्ध समस्त ग्राहक महानुभावहरूको निरन्तर साथको परिणामका रूपमा व्याख्या गर्दै सबै प्रति हार्दिक आभार व्यक्त गरे ।

साथै, वित्तीय साक्षरता अभिवृद्धि, उद्यमशीलता प्रवद्र्धन, कर्जा पहुँच विस्तार तथा दिगो आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यका साथ आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड आगामी दिनहरूमा पनि जिम्मेवार र नवप्रवर्तनमुखी वित्तीय संस्थाको रूपमा अगाडि बढिरहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...

जबर्जस्ती कर्जा प्रवाह गरेर उद्यमी वा व्यवसायी जन्माउन सकिँदैनः गर्भनर

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले ऋणीहरुलाई सबैतिरबाट...

प्राइम कमर्शियल बैंकले पायो ऋणपत्र निष्काशनको अनुमति

प्राइम कमर्शियल बैंकले ऋणपत्र निष्काशनको अनुमति पाएको छ। नेपाल...
spot_img