Saturday, March 7, 2026
spot_img

सर्वसाधारणलाई होटेल फरेस्ट इन् लिमिटेडको आईपीओ आजदेखि

spot_img
spot_img

होटेल फरेस्ट इन् लिमिटेडले आज माघ २२ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको छ। आईपीओमा बिहान १० बजेदेखि आवेदन दिन सकिने छ ।

कम्पनीले सर्वसाधारणलाई ३३ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको हो। यस निष्काशनमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम २ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। यर निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।  नेपाल धितोपत्र बोर्डले पौष २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

यस कम्पनीले काठमाडौँको बुढानिलकण्ठमा ५ तारे ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गरिरहेको छ । यस कम्पनीकी अध्यक्ष विनिता थापा हुन् । उनी नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री दिपक खड्काकी श्रीमती हुन् । कम्पनीमा उनको सबैभन्दा धेरै ३२ प्रतिशत स्वामित्व रहेको छ । कम्पनीका अन्य सञ्चालकमा रिंकु निरौला, चन्द्र सिंह साउद, अमर थापा र प्रल्हादराज कुँवर रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

झापा ५ मा बालेनले जित्ने निश्चित, गन्न बाँकी मतभन्दा बालेनको अग्रता धेरै

झापा ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र...

खल्तीका सह संस्थापक अरविन्द शाह बारा ३ बाट विजयी

बारा ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द शाह विजयी...

चितवन २ मा रवि लामिछाने विजयी

प्रतिनिधिसभाको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

‘रेड जोन’मा रहेका एमालेका शीर्ष नेताहरु

प्रतिनिधिसभा सदस्यको निर्वाचन पश्चात अहिले धमाधम प्रारम्भिक मतपरिणाम आइरहेको...

नेकपाले खोल्यो खाता, रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका...

काठमाडौं ८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ...
spot_img