Saturday, May 2, 2026
spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्सको ‘Employee Skill Enhancement’ कार्यक्रम सम्पन्न

spot_img
spot_img

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ दिने ‘Employee Skill Enhancement Program पोखरामा सम्पन्न गरेको छ । कम्पनीले आफ्ना कर्मचारीहरूको प्राविधिक क्षमता अभिवृद्धि तथा व्यावसायिक दक्षता विकास गर्ने उद्देश्यले ट्रान्जिसनिङ टुु द एज अफ आर्टिफिसियल इन्टेलिजेन्स  भन्ने नाराका साथ तीन दिने इम्प्लोयी स्किल इन्हान्समेन्ट प्रोग्राम  होटल ग्राण्ड पोखरामा सम्पन्न गरेको हो।

कार्यक्रममा कम्पनीका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली तथा विभागीय प्रमुखहरू सहित देशभरिका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका प्रशासनिक कर्मचारीहरु गरी कुल २७० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले कार्यक्रम उद्घाटनको क्रममा बीमा व्यवसाय निरन्तर रुपमा प्राविधिक विषय हुँदै गएको सन्दर्भमा आर्टिफिसियल इण्टेलीजेन्स सम्वन्धि यस विस्तृत तालिम प्रशिक्षणबाट कम्पनीको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने आशय व्यक्त गरे। उनले कार्यसम्पादन मुल्यांकनको आधारमा बेस्ट इम्प्लोइ अवार्ड–२०८२ मा उत्कृष्ट ठहरिएको ७ जना कर्मचारीहरु रोहित कुमार श्रेष्ठ, जीवन बाराकोटी, नेमप्रसाद थारु, बेजोन कार्की, योगेश निरौल, नविना खाती र रचना पराजुलीलाई नगद पुरस्कार तथा सम्मान पत्र सहित सम्मान गरेकी थिइन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत मन्तव्यको क्रममा दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कर्मचारीहरुलाई प्रविधिमा सक्षम बनाई डाटा विश्लेषण तथा ग्राहक सेवा प्रणाली जस्ता उपकरणको प्रभावकारी प्रयोगबाट सेवा प्रवाहलाई छिटो, सरल र गुणस्तरीय बनाउन मदत पुग्ने गरी एआई (आर्टिफिसियल इण्टिेलिजेन्स) तालिमको व्यवस्था गरिएको बताए। साथै उनले कर्मचारीहरुलाई बीमा व्यवसायमा प्रत्यक्ष सरोकार राख्ने सम्पत्ती शुद्धिकरण सम्वन्धि तालिमको पनि व्यवस्था गरिएको जानकारी दिए।

उक्त कार्यक्रममा ब्रोडवे इन्फोसिसका सन्देश भट्टराईले आर्टिफिसियल इण्टेलीजेन्सका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै एआई सम्वन्धि विस्तृत गहन प्रशिक्षण प्रदान गरेका थिए ।

नियमनकारी निकाय  नेपाल बीमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सकिने तर्फ सचेत रहन आग्रह गर्दै राष्ट्रिय हितका लागि आतंकवादि वित्तिय लगानी रोक्नु  सबैको कर्तव्य भएको बताए । विभिन्न वित्तिय कृयाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तिय कृयाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा मात्र पनि यस्ता कृयाकलाप रोक्न टेवा मिल्ने सम्वन्धमा प्रशिक्षण प्रदान गरे ।

कार्यक्रममा कर्मचारीहरुको मानसिक तथा शारिरीक स्वास्थयमा अभिवृद्धि गर्ने उदेश्यले आर्ट अफ लिभिङका डा. डोन्जन लामिछानेज्यूबाट योगा प्रशिक्षण पनि प्रदान गरिएको थियो । .

सहभागी कर्मचारीहरूको पेशागत ज्ञान अभिवृद्धिका लागि सञ्चालन गरिएको परिक्षामा उत्कृष्ट नतिजा सहित प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल क्रमशः केन्द्रिय कार्यालयका सुरक्षा सिंह, बेजोन कार्की र किर्तिपुर शाखाका सिद्धार्थ महर्जनलाई प्रमुख कार्यकारी अधिकृतले नगद प्रोत्साहन सहित सम्मान गरेका थिए । यसै गरी प्रदेश स्तरिय फुटसल प्रतियोगितामा प्रथम, द्वित्तिय र तृत्तिय हुने क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र केन्द्रिय कार्यलयबाट विजयी हुने खेलाडीहरुलाई पनि पुरस्कृत एवं सम्मान गरिएको थियो ।

विभिन्न मनोरञ्जनात्मक गतिविधी समावेश गरिएको उक्त कार्यक्रममा कम्पनीका उप–कार्यकारी प्रमुख स्मृति राज कँडेलले धन्यवाद ज्ञापन गर्दै कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरी कर्मचारीहरूको सीप, दक्षता र सेवाको गुणस्तर अभिवृद्धि गर्ने बताए ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img