Tuesday, August 25, 2026
spot_img
spot_img

शृजनशील लघुवित्तको साधारणसभा आह्वान, मर्जरमा जाने प्रस्ताव

spot_img

शृजनशील लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन ३२ गते बर्दिवासको विनायक होटेलमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा मर्जरमा जाने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव 

१.सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९ / ०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने सम्बन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाव, सोहि अवधिको नगद प्रवाह विवरण एवम् सो सँग सम्बन्धित अनुसूचीहरु पारित गर्ने सम्बन्धमा ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार वित्तीय संस्थाको आ.व. ०८०/०८१ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४. सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ (एक) जना सदस्यको निर्वाचन गर्ने सम्बन्धमा ।

५. सञ्चालक समितिले पाउने बैठक भत्ता तथा देनिक भ्रमण भत्ता थप निर्धारण गर्ने सम्बन्धमा ।

६. विविध ।

विशेष प्रस्ताव 

१. नेपाल राष्ट्र बैक, कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायत अन्य नियमनकारी निकायबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरवदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी दिने सम्बन्धमा ।

२. कुनै पनि लघुवित्त वित्तीय संस्थासंग एक आपसमा गाभ्ने/गाभिने ( Merger ) तथा प्राप्ती / समाहित (Acqisition) हुने प्रयोजनको लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने, सो को आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन ( Due Deligency Audit) गर्न परामर्शदाता, मुल्याङ्कनकर्ता, लेखापरीक्षक तथा निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरुसंग सम्बन्धित आवश्यक कार्यहरु गर्नको लागि सञ्चालक समितीलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. विविध ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

‘कारोबार बढ्ने नीतिगत प्रबन्ध भयो भने ब्रोकर कमिशन घटाउने मोडल पनि सही हुन सक्छ’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...

बेनी हाइड्रोपावरले भदौ २२ देखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि आईपीओ निष्काशन...

कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आह्वान

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो २० औं वार्षिक...

सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठलाई चेम्बरको सम्मान

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष एवम्...

सञ्चय कोष, नागरिक लगानी कोष र सासु कोषलाई पनि राष्ट्र बैंकले नियमन गर्ने

अब नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र सामाजिक...
spot_img