आगामी शनिवारसुरु हुन लागेको टि २० विश्वकपमा नेपालले आज मंगलबार आफ्नो पहिलो खेल खेल्दै छ। नेपालले आज साँझ ५:१५ बजे युएईसंग अभ्यास खेल खेल्न लागेको हो। यो खेल चेन्नईमा हुने छ।
नेपालले दोस्रो अभ्यास खेलमा आगामी बिहिबार क्यानडासँग प्रतिस्पर्धा गर्ने छ। यो खेल पनि चेन्नईमा हुने छ।
विश्वकपका खेलहरु भने आगामी शनिवारदेखि हुने छ । नेपालको खेल भने आइतबार रहेको छ। पहिलो खेलमा नेपालले इंग्ल्यान्डसंग प्रतिस्पर्धा गर्ने छ।
विश्वकपमा नेपाल समूह सी मा रहेको छ। जसमा नेपाल सहित इंग्ल्यान्ड, इटाली, स्कटल्याण्ड र वेस्ट इन्डिज रहेका छन् ।
नेपालले तेस्रो पटक टि २० विश्वकप खेल्न लागेको हो।












