Wednesday, June 24, 2026
spot_img

सिटिजन्स बैंकद्वारा स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सरबारे सचेतना वेबिनार आयोजना

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ। यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे सचेतना फैलाउने उद्देश्य राखिएको बैंकले जनाएको छ।

बैंकले मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव भारतसँगको सहकार्यले यस कार्यक्रमलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको उल्लेख गरेको छ।

बैंकका अनुसार कार्यक्रम अन्तर्गत सबै महिला कर्मचारीहरूका लागि “स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू” विषयक वेबिनार आयोजना गरिएको हो, जसको सहजिकरण डा. कञ्चन कौर, वरिष्ठ निर्देशक स्तन क्यान्सर मेदान्त अस्पतालले गरेका थिए ।  कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले गर्दा कार्यक्रम अत्यन्तै अन्तरक्रियात्मक र प्रभावकारी बन्न सफल रहेको बैंकले जनाएको छ।

त्यसैगरी,  ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि “प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ” विषयक सत्र समेत सञ्चालन गरिएको बैंकले जनाएको छ। जसमा डा. पुनीत आहुलवालिया, वरिष्ठ निर्देशक मेदान्त अस्पतालले उक्त सत्रको सहजीकरण गरेका थिए। यसमा कुल ५०९ जना कर्मचारीहरूले रूपमा सहभागिता जनाएका थिए ।

दुवै वेबिनारले कर्मचारीहरूलाई स्वास्थ्यप्रति सचेत बनाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पु¥याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक तथा अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त हुने विश्वासले बैंकका कार्ड वाहक ग्राहकहरुलाई मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट उपलब्ध गराएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img