Friday, July 3, 2026
spot_img

पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत जनरल लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ प्रदान

spot_img
spot_img

भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत डा. पियोटर आन्तोनी श्विताल्स्कीले नेपालका लागि पोल्याण्डका मानार्थ वाणिज्यदूत जनरल लोकमान्य गोल्छालाई पोल्याण्ड गणतन्त्रको ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा मानार्थ वाणिज्यदूत गोल्छालाई पोल्याण्ड गणतन्त्रको ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान गरिएको हो ।

पोल्याण्ड गणतन्त्रको नेपालमा स्थायी दूतावास नरहेकाले नेपालका लागि कूटनीतिक प्रतिनिधित्व तथा वाणिज्यदूत सेवाहरू भारतको नयाँ दिल्लीस्थित पोल्याण्ड दूतावासमार्फत सञ्चालन हुँदै आएको छ । यस हैसियतमा उक्त दूतावासले नेपालमा रहेका पोलिश नागरिकहरूलाई आवश्यक सहयोग प्रदान गर्नुका साथै नेपाल–पोल्याण्डबीचको सहकार्य र आपसी सम्बन्ध प्रवर्द्धन गर्दै आएको छ ।

यो सम्मान पोल्याण्डले विदेशी नागरिकलाई प्रदान गर्ने उच्चतम नागरिक सम्मानहरूमध्ये एक हो । विशिष्ट अतिथि तथा कूटनीतिक समुदायका सदस्यहरूको उपस्थितिमा सम्पन्न उक्त समारोहमा पोल्याण्ड गणतन्त्रको अर्डर अफ मेरिट पोल्याण्ड राज्यप्रति सेवा पुर्याएका तथा अन्तर्राष्ट्रिय सहकार्य र आपसी समझदारीलाई उल्लेखनीय रूपमा सुदृढ बनाएका व्यक्तिहरूलाई प्रदान गरिने सम्मान भएको उल्लेख गरिएको थियो ।

यसअघि सन् २०१५ मा नेपालमा आएको विनाशकारी भूकम्पका समयमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप पोल्याण्ड गणतन्त्रका राष्ट्रपति आन्द्रेज दुदाद्वारा लोकमान्य गोल्छालाई नाइट्स क्रस अफ द अर्डर अफ मेरिट प्रदान गरिएको थियो ।

हाल प्रदान गरिएको अफिसर क्रस अफ द अर्डर अफ मेरिट गोल्छाले कोभिड–१९ महामारीको कठिन समयमा देखाएको उत्कृष्ट नेतृत्व, साथै वर्षौंदेखि नेपालमा रहेका पोलिश नागरिकहरूलाई निरन्तर रूपमा प्रदान गर्दै आएको सहयोग, सहकार्य र सेवाको मूल्याङ्कनस्वरूप प्रदान गरिएको हो ।

आफ्नो सम्बोधनमा कार्यबाहक राजदूत डा. श्विताल्स्कीले गोल्छाको दीर्घकालीन प्रतिवद्धता, नेपाल–पोल्याण्डबीचको सहकार्य प्रवर्द्धनमा पुर्याएको योगदान तथा जनस्तरको सम्बन्ध सुदृढ गर्न खेलेको भूमिकाको प्रशंसा गरे । उनले यस्ता प्रयासहरूले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप गहिरो बनाएको उल्लेख गरेका छन् ।

सम्मान ग्रहण गर्दै गोल्छाले यो सम्मानलाई नेपाल र पोल्याण्डबीचको साझा मूल्य, आपसी सम्मान तथा दीर्घकालीन मित्रताको प्रतीकका रूपमा व्याख्या गरे ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्थानीय तहको संख्या ब्यापक घटाउने सरकारको तयारी, यस्तो बन्यो मापदण्ड

२०७२ सालमा जारी भएको संविधान र त्यस यता कार्यान्वयनमा...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै

आयल निगममा वार्षिक वितरण हुँदै आएको करोडौको ओभरटाइम भत्ता...

नेपाल मर्चेन्ट बैंकर्स संघ र सेबोन अध्यक्षबीच पुँजी बजारका प्राथमिकताबारे छलफल

नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र...

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णयहरु

मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरू गरेको छ । सरकारका प्रवक्ता तथा...

सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक पारित

‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३...

जुनमा भित्रिए ९१ हजार विदेशी पर्यटक

सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी...
spot_img