Sunday, May 3, 2026
spot_img
spot_img

नाफिज सदस्य सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण

spot_img
spot_img

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना सदस्य अनिल सापकोटालाई बीमा दाबी रकम हस्तान्तरण गरेको छ । नाफिजले सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबाट प्राप्त भएको दाबी रकम आइतबार सापकोटालाई हस्तान्तरण गरेको हो ।

सापकोटा हाल व्यक्तिगत प्रयोजनका लागि देशबाहिर छन् । उनको व्यक्तिगत खातामा ९२ हजार ७०० रुपैयाँ जम्मा गरिएको नाफिज सचिवालयले जनाएको छ ।

नाफिजले २०८१ पुस २९ गतेदेखि लागू हुने गरी एक वर्षका लागि आफ्ना २३५ जना सदस्य तथा सल्लाहकारको जनही सात लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गरेको थियो । सो बीमा अवधिभित्रै अर्थात् गत कात्तिक २९ गते सापकोटाको हात भाँचिएको थियो । त्यसको उपचार खर्चबापत दुई कम्पनीले सो बराबरको बीमा दाबी भुक्तानी दिएका हुन् ।

दाबी प्रक्रिया पूरा भएपछि दुवै कम्पनीको तर्फबाट सलिकोले नाफिजको बैंक खातामा बीमा दाबीबापत ९२ हजार ७०० रुपैयाँ भुक्तानी गरेको थियो । नाफिजले आइतबार सोही रकम सापकोटालाई हस्तान्तरण गरेको हो । सापकोटालाई गत वर्षकै बीमा अन्तर्गत दाबी भुक्तानी दिइएको हो ।

नाफिजले गत पुस ३० गतेदेखि लागू हुने गरी नयाँसहित २७४ जना सदस्य तथा सल्लाहकारको पुनः ‘सामूहिक दुर्घटना बीमा’ गरिसकेको छ । जनही सात लाख रुपैयाँका दरले कुल १९ करोड १८ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गरिएको छ । यो बीमाको म्याद आगामी पुस २९ गतेसम्म रहेको छ ।

नाफिज अध्यक्ष मेनुका कार्कीले यो बीमाले नाफिज सदस्यहरूलाई आर्थिक सुरक्षा प्रदान गरेको बताइन् । ‘पत्रकारहरूलाई विभिन्न जोखिम छन् । त्यस्ता जोखिमबाट आउने आर्थिक दायित्वलाई न्यूनीकरण गर्न बीमा आवश्यक छ,’ उनले भनिन्, ‘नाफिजले सदस्यहरूको बीमा गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img