Friday, June 19, 2026
spot_img

नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाईमा आवेदन दिने म्याद थपियो

spot_img
spot_img

नेपाल लाइफ क्यापिटलले निष्काशन गरेको सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने म्याद थपिएको छ। म्याद थपसंगै अब यस निष्काशनमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ। यद्यपि सो अगावै पर्याप्त आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर बिक्री गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलले माघ ४ गतेदेखि नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब ६० करोड अर्थात् १० रुपैयाँ प्रति इकाईको दरले १६ करोड इकाई रहेको छ । जस मध्ये २ करोड २४ लाख इकाई कोष पर्बदक नेपाल लाइफ इन्स्योरेन्सलाई छुट्याईएको छ भने १६ लाख इकाई कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई छुट्याईएको छ ।

बाँकि रहेको १३ करोड ६० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । जसमा न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको आवेदन दिन सकिने छ ।  नेपाल धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हुनेछ । बन्दमुखी यस फण्डको अवधि १० वर्षको रहेको छ ।

नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img