आज मंगलबार सुनको भाउ इतिहासकै उच्च बिन्दुमा पुगेको छ । सोमबार प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४४ हजार ८५ रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज कायम भएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ पनि तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ८ सय ८० रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ५ हजार ४१ रुपैयाँ तोकिएको छ । चाँदी पनि इतिहासकै महँगो हो ।













