नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको लागि एकिकृत निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले आज शुक्रबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, लघुवित्त र पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको हो।
राष्ट्र बैंकका अनुसार यी संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ तथा सोपश्चात् २०८२ माघ २ सम्म जारी गरिएका परिपत्र तथा संशोधनहरु एकीकृत गरी एकीकृत निर्देशन, २०८२ जारी गरिएको हो।
राष्ट्र बैंकले एकिकृत निर्देशन २०८२ बमोजिम गर्नु गराउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको हो।













