Saturday, March 14, 2026
spot_img

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल हाटबजार’ले ५०औँ हप्ता पूरा गर्‍यो

spot_img
spot_img

ग्लोबल आइएमई बैंकले लघु, साना तथा मझौला उद्यमीको उत्पादन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजारले ५०औँ हप्ता पूरा गरेको छ ।

बैंकले लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सन् २०२४ नोभेम्बर ६ बाट ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो । बैंकले शुक्रबार ग्लोबल हाटबजार ५०औँ हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको हो ।

उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।

हाटबजारको ५०औँ हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले साना तथा मझौला उद्यमहरुले भोग्ने गरेको बजारीकरणको समस्याबाट राहत दिने प्रयास स्वरुप बैंकले सञ्चालन गरेको यस हाटबजारमा खाद्य उत्पादनकर्ता, किसान, हस्तकला उत्पादक, साना र मझौला उद्यमहरुले आफ्नो उत्पादन प्रदर्शन तथा बिक्री गर्न सहज भइरहेको बताए ।

उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको उनको भनाइ छ ।

साथै, सीईओ रेग्मीले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको बताए ।

‘हामीले सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार उद्यमी तथा खरिदकर्ताहरुको समर्थन र विश्वासको कारण ५०औँ हप्तासम्म सञ्चालन भएको छ र निरन्तर सञ्चालन भईरहने छ । साथै, यस हाटबजारलाई भविष्यमा अझ विस्तारित र व्यापक बनाई हजारौं हाटबजारको उत्सव मनाउन पाउने विश्वास लिएका छौँ’ उनले भने ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई समेत बुझेर केबल कर्जा प्रवाहमा मात्र केन्द्रित नभई, उद्यमीहरुको चौतर्फी विकास र व्यवसायिक सीप विकासमा पनि विभिन्न कार्यहरु गर्दै आएको सीईओ रेग्मीले जानकारी दिए ।

ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको बैंक पनि हो । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।

ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले हाल ३५२ शाखा, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट सेवा दिँदै आएको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट रेमिट्यान्स समेत भित्र्याउँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खुद नाफामा ८ वटा विकास बैंक भन्दा लक्ष्मी सनराइज बैंक पछाडी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो...

आयल निगमले भन्यो ‘ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ’

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर...

स्थिर सरकार हुने भएपछि हिमालय जेट उत्साहित, सिधा उडानमात्र नेपाललाई युरोपसँग जोड्ने

हालै सम्पन्न निर्वाचनको नतिजाले नेपालमा स्थिर सरकार हुने पक्का...

२ वटा राजमार्ग विस्तार हुँदा विस्थापित भएकालाई राहत, ऋण पुनरसंरचना सुविधा पाउने

महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापितले केही...

राष्ट्र बैंकद्वारा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन, ४ वटा व्यवस्था फेरिए

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन परिमार्जन गरेको...
spot_img