आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँको किर्तीमानी उचाईमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ७७ हजार २ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ३७ हजार ६ सय ५५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १६० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय ४५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय ४० रुपैयाँ तोकिएको छ ।













