नेपाल एसबिआई बैंकले सिन्धुलीस्थित घ्याङलेख शाखा लुटपाट पश्चात घटनाको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । बैंकले पौष २९ मंगलबारका बेलुका ७ः३० बजे डकैतीको घटना भएको बताउँदै थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सहयोग गर्ने प्रतिवद्धता जनाएको हो ।
बैंकका अनुसार अपरिचित व्यक्तिहरूको समूहले शाखामा जबर्जस्ती प्रवेश गरी ड्युटीमा रहेका सुरक्षा गार्डमाथि आक्रमण गरेर घाइते बनाएको तथा बैंकका कर्मचारीहरूलाई नियन्त्रणमा लिई शाखाको भल्टमा रहेको नगद रकम लेटेका थिए । घटनाबारे स्थानीय प्रहरीलाई तत्कालै जानकारी गराइएको र सम्बन्धित निकायहरूले घटनास्थलमा तुरुन्तै पुगेर अनुसन्धान सुरु गरेको बैंकले जनाएको छ ।
घाइते सुरक्षा गार्डलाई आवश्यक चिकित्सकीय उपचार उपलब्ध गराइएको र बैंकका कर्मचारीहरू सुरक्षित रहेको पनि बैंकले जनाएको छ । ‘यस घटनामा प्रहरीको सक्रियता चुस्त हुनुका साथै आवश्यक सुरक्षा उपायहरू तत्कालै अपनाइएको थियो । थप अनुसन्धानका लागि बैंकले सम्बन्धित निकायहरूलाई पूर्ण सहयोग गरिरहेकोे जानकारी गराइन्छ’ बैंकले भनेको छ ।













