Sunday, May 3, 2026
spot_img
spot_img

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

spot_img
spot_img
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो ।

नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो । यो वर्ष उक्त बीमालेख नविकरण गर्दै २७४ जनाको बीमा गरिएको हो । यसमा गत भदौमा थप भएका नाफिजका नयाँ सदस्य पनि समावेश छन् ।

बीमालेख आगामी पुस ३० गते अर्थात् बुधबारदेखि लागू हुनेछ । यसमा कुल बीमांक रकम १९ करोड १८ लाख रूपैयाँ रहेको छ । बीमालेखअनुसार प्रतिव्यक्ति सात लाख रूपैयाँको दरले दुर्घटना बीमा भएको छ ।

नाफिजकी अध्यक्ष मेनुका कार्कीले नाफिजले रिपोर्टिङ गर्न खट्ने आफ्ना सदस्यहरुलाई सुरक्षा प्रदान गर्न दुर्घटना बीमालाई निरन्तरता दिएको बताइन् । ‘हामीले गत वर्ष पनि सदस्यहरुको बीमा गरेका थियौं । त्यसमा दुर्घटनामा परेर घाइते भएका दुई जना सदस्यले दावी भुक्तानी लिनु भएको थियो’ उनले भनिन्, ‘पछिल्लो एक वर्षमा भएका विभिन्न आन्दोलनले पत्रकारहरूमा बीमाको महत्व थप बढाएको छ । फिल्डमा हरेक खालका जोखिम हुन्छन्, पत्रकारहरु त्यस्तो जोखिम मोलेर फिल्डमा खटिएका हुन्छन् । त्यसलाई मध्यनजर गर्दै सदस्यहरुको दुर्घटना बीमा नवीकरण गरेका हौँ ।’

बीमामा समेटीएका बीमित सदस्यहरु कुनै कारणबंश घाइत भएमा बीमाले औषधी उपचार खर्च बेहोर्नेछ ।
यस्तै, दुर्घटनाको कारणबाट भएको मृत्यु, पार्थिव शरिर व्यस्थापना तथा किरिया खर्च, काज किरिया खर्च, स्थायी पुर्ण अशक्तता, स्थायी आंशिक अशक्तता र अस्थायी पुर्ण अशक्ततालाई पनि बीमलेखले रक्षावरण गर्नेछ ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img