प्राइम कर्मशियल बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व रहेका शेयरधनीको संख्या १८ रहेको छ। बैंकको २०८२ असार मसान्तसम्मको तथ्यांक अनुसार बैंकमा व्यक्तिगत र संस्थागत गरि ०.५ प्रतिशत भन्दा धेरै शेयर स्वामित्व हुने शेयरधनीको संख्या १८ रहेको हो ।
बैंकको सबैभन्दा ठूलो शेयरधनीको रुपमा पूर्व राज्य मन्त्री समेत रहेका उमेश श्रेष्ठ छन् । बैंकमा उनको २.२४ प्रतिशत शेयर स्वामित्व रहेको छ। यद्यपी अघिल्लो वर्षको तुलनामामा उनले स्वामित्व घटाएका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकमा उनको शेयर स्वामित्व २.४६ प्रतिशत थियो।
त्यस्तै दोस्रो नम्बरमा कर्मचारी संचय कोष रहेको छ। बैंकमा कोषको स्वामित्व १.८८ प्रतिशत रहेको छ।
बैंकमा विनोद चन्द्र बरालको १.५९ प्रतिशत, रेलायाबल नेपाल लाइफ इन्स्योरेन्सको १.२१ प्रतिशत, कृष्ण पुरीको १.०३ प्रतिशत, तथा बिक्रम पाण्डेको ०.८७ प्रतिशत शेयर स्वामित्व रहेको छ। बिक्रम पाण्डे पूर्व सांसद हुन् ।
बैंकमा सुशिला मित्तलको ०.७२ प्रतिशत, सुन्दर नारायण जोशीको ०.७१ प्रतिशत, शैलजा बज्राचार्यको ०.७० प्रतिशत, तथा नरेन्द्र बज्राचार्यको ०.६८ प्रतिशत स्वामित्व रहेको छ। बैंकमा मनोहर दास मूल र स्वेता मास्के श्रेष्ठको समान ०.६७ प्रतिशत स्वामित्व रहेको छ। त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशनको ०.५८ प्रतिशत, र महेश राज कर्णिकारको ०.५६ प्रतिशत स्वामित्व रहेको छ। बैंकमा श्याम बहादुर श्रेष्ठ र चिरन्जीवी द्वाको समान ०.५१ प्रतिशत स्वामित्व रहेको छ भने हाल नेपाल धितोपत्र बोर्डको अध्यक्ष रहेका सन्तोष नारायण श्रेष्ठको ०.५० प्रतिशत स्वामित्व रहेको छ।













