Sunday, May 3, 2026
spot_img
spot_img

डिप्रोक्स लघुवित्तको साधारणसभा सम्पन्न

spot_img
spot_img

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा सम्पन्न भएको छ। आज २०८२ पौष २८ गते सोमबार कम्पनीको २४औं वार्षिक साधारण सभा चितवनको सौराहामा सम्पन्न भएको हो।

साधारण सभाले आ.ब. २०८१/०८२ को बार्षिक प्रतिवेदन पारित गरी आ.ब. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सँगै शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (बोनस शेयर र नगद लाभांशमा लाग्ने कर समेत) बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बोनस शेयर पश्चात यस संस्थाको चुक्ता पुँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आ.ब. २०८१÷०८२ को बार्षिक प्रतिवेदन उपर सहभागी शेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले जवाफ दिएका थिए। साथै सभामा प्रमुख कार्यकारी अधिकृत शेषरमण आचार्यले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम सञ्चलन कम्पनी सचिव ज्ञानेन्द्र अर्यालले गरेका थिए।

संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमशः शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img