Monday, May 4, 2026
spot_img
spot_img

सिद्धार्थ बैंकको सीइओमा रामेश्वर प्रसाद बस्याल नियुक्त,  बैंकिङ्ग क्षेत्रमा ३६ वर्षको अनुभव

spot_img
spot_img

सिद्धार्थ बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा  रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् । बैंकको संचालक समितिको बैठकले पुस २५ गतेदेखि लागु हुने गरि उनलाई सीइओ नियुक्त गरेको हो ।

बैंकिङ्ग क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंक लिमिटेडमा काम गरेका थिए । उनी सन् २००५ देखि सिद्धार्थ बैंक लिमिटेडमा आबद्ध भई प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत  रूपमा नेतृत्वदायी भूमिकामा थिए।

उनले विगत ३६ वर्षको बैंकिङ्ग कार्यकालमा विभिन्न भूमिकामा रहि समग्र बैंक संचालनसम्बन्धी व्यापक अनुभव प्राप्त गरेको बैंकले जनाएको छ । यस क्रममा मूलतः बजार व्यवस्था, कर्जा लगानी तथा जोखिम व्यवस्थापन क्षेत्रमा उनको विशेष योगदान रहेको बैंकले उल्लेख गरेको छ ।

संस्थागत सुशासनलाई केन्द्रमा राखेर बैंकिङ्ग गर्नुपर्छ भन्ने धारणा बोकेका बस्यालको नेतृत्वमा बैंकले दीगो वृद्धि, ग्राहक सेवा उत्कृष्टता तथा संस्थागत सुदृढीकरण थप मजबूत हुने विश्वास बैंकले व्यक्त गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...
spot_img