Sunday, May 3, 2026
spot_img
spot_img

स्वावलम्बन लघुवित्तको साधारणसभा सम्पन्न

spot_img
spot_img

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.को २३ औं वार्षिक साधारण सभा आज पुस २५ गते शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष डा.सुमित्रा मानन्धर गुरुङ्गको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई १४.२५ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (बोनस सेयरको कर प्रयोजनको लागि) गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वित्तीय संस्थाले आर्थिक वर्ष २०८०÷८१ मा रु.३५ करोड ९७ लाख ८३ हजार ८ सय ५६ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०८०÷८१ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को असोज मसान्तसम्म ६१ जिल्लाका १४५ शाखा÷उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालय मार्फत २ लाख ६१ हजार ७ सय ४५ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.२१ अर्व ३१ करोड २१ लाख पुगेको छ भने सदस्यको बचत यस अवधिसम्ममा रु.१४ अर्व ३९ करोड १९ लाख रहेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न ग्रामीण तथा शहरी क्षेत्रमा सर्वसुलभ, गुणस्तरिय र ग्राहकमूखि सेवा विस्तारको योजना साथ अगाडि बढेको संस्थाको जारी तथा चुक्ता पूँजी रु.१ अर्ब ६५ करोड ६६ लाख २५ हजार कायम गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले संस्थाको संचालक समितिमा रिक्त हुने सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना संचालकमा रविन कुमार श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, आ.व.२०८१÷८२ को लेखापरीक्षण गर्नको लागि सुन्दर एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नुका साथै अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका एक वा एक भन्दा बढि लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर÷प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन संचालक समितिलाई अधिकार प्रत्यायोजना गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वपा सभापति लामिछानेले उद्योगी व्यवसायीसँग छलफल गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबी लामिछानेले निजी क्षेत्रसँग...

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...
spot_img