Monday, May 4, 2026
spot_img
spot_img

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

spot_img
spot_img

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले एनआईएमबी युनियन–पे कार्ड सेवा ल्याएको छ । बैंकले आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको जनाएको छ।

युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको उल्लेख गरेको छ। बैंकका अनुसार नवप्रवर्तनयुक्त सुविधासहित प्रस्तुत गरिएको एनआईएमबी युनियन–पे कार्डमार्फत ग्राहकवर्गहरूले देशभित्र तथा विदेशमा सहज रूपमा कारोबार गर्न सक्नेछन्। विश्वभरका लाखौँ व्यापारी केन्द्र तथा एटीएममा स्वीकार्य यस कार्डले भुक्तानी, अनलाइन कारोबार तथा अन्तर्राष्ट्रिय यात्रालाई अझ सरल र सुरक्षित बनाउने बैंकले जनाएको छ ।

यस कार्डको औपचारिक शुभारम्भको अवसरमा बैंकले विशेष प्रारम्भिक अभियान अन्तर्गत अन्तर्राष्ट्रिय तथा स्वदेशी दुवै प्रकारका एनआईएमबी युनियन–पे कार्डमा पाँच (५) वर्षसम्म शतप्रतिशत कार्ड शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ। सीमित अवधिका लागि उपलब्ध यस आकर्षक अफरमार्फत ग्राहकवर्गहरूले कुनै पनि कार्ड शुल्क नतिरी दीर्घकालीन कार्ड सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ । इच्छुक ग्राहकवर्गहरूलाई यस विशेष अवसरको लाभ लिन समयमै आवेदन दिन बैंकले आग्रह गरेको छ।

यस कार्डको शुभारम्भमार्फत एनआईएमबी बैंकले डिजिटल बैंकिङ प्रणालीलाई थप सुदृढ बनाउँदै ग्राहकहरूलाई कार्ड–आधारित कारोबारमा बढी विकल्प र सहजता प्रदान गर्ने लक्ष्य लिएको छ। आगामी दिनहरूमा पनि नवीन तथा ग्राहक–मैत्री वित्तीय सेवाहरू प्रदान गर्न प्रतिबद्ध रहने बैंकले जनाएको छ ।

बैंैंकले हाल २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्स्न काउन्टर एवं ६० शाखारहित बैंकिङ मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

आज सोमबार सुनको भाउ घटेको छ। आइतबार प्रतितोला २...

एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि राष्ट्र बैंकले दियो स्वीकृति

नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकलाई हकप्रद निष्काशनको लागि...

घाटामा रहेको कम्पनीले कागजी नाफा देखाएर अब आईपीओ निकाल्न पाउदैन: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  सरकार अब आईपीओ...

सोपान फर्मास्युटिकल्सको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल

सोपान फर्मास्युटिकल्स लिमिटेडको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त...

प्रत्येक भूमिहीन नागरिकलाई स्थायी आवास सुनिश्चित गर्छौं: प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र शाहले प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र...

अध्यक्षबाट बिदा हुँदै चन्द्र ढकाल, अब अन्जन श्रेष्ठको काँधमा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षबाट अब चन्द्र ढकाल बिदा...
spot_img