महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । उनले डेपुटी गभर्नर बम बहादुर मिश्रबाट सपथ लिएका हुन् ।
बैंकको २४औँ वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालक समितिले उपाध्यायलाई पुनः अध्यक्ष चयन गरेको थियो । त्यसपश्चात बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम उपाध्यायले सपथ लिएका हुन् ।












