Wednesday, April 29, 2026
spot_img
spot_img

नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन गर्ने

spot_img
spot_img

नेपाल लाइफ क्यापिटलले माघ ४ गतेदेखि सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत संचालन हुने नेपाल लाइफ समृद्धि लगानी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

यस योजनाको आकार १ अर्ब ६० करोड अर्थात् १० रुपैयाँ प्रति इकाईको दरले १६ करोड इकाई रहेको छ । जस मध्ये २ करोड २४ लाख इकाई कोष पर्बदक नेपाल लाइफ इन्स्योरेन्सलाई छुट्याईएको छ भने १६ लाख इकाई कोष व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई छुट्याईएको छ ।

बाँकि रहेको १३ करोड ६० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । न्युनतम १०० इकाई र अधिकतम १ करोड ६० लाख इकाईको आवेदन दिन सकिने छ । लगानीकर्ताले छिटोमा माघ ८ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ १८ गतेसम्म आवेदन दिन सकिने छ ।

नेपाल धितोपत्र बोर्डले पुस १३ गते कम्पनीलाई फण्ड निष्काशनको अनुमति दिएको हो। यो नेपाल लाइफ क्यापिटलको पहिलो म्युचुअल फण्ड हुनेछ । बन्दमुखी यस फण्डको अवधि १० वर्षको रहेको छ ।

नेपाल लाइफ क्यापिटल नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनी हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

Nepal’s Banking Sector: Progress and Emerging challenges

Author: Deepak Luitel Past and Present of Banking sector From simple...

आगामी नीति तथा कार्यक्रममा समेट्न धितोपत्र बोर्डले माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र...

निजामति सेवा विधेयकमा कम्प्युटर अपरेटरको बढुवा सम्बन्धि व्यवस्था परिवर्तन नगर्न माग

संघीय निजामती सेवा विधेयक, २०८३ को मस्यौदामा देशभरका कम्प्युटर...

फेरि बढ्यो गाडी भाडा

सरकारले सार्वजनिक यातायातको भाडा पुनः बढाएको छ । मंगलबार...

बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्ति प्रक्रिया पूरा

ललितपुरको बालकुमारीमा जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया...
spot_img