Sunday, July 5, 2026
spot_img

दुई वटा सोलार आयोजना निर्माण गर्दै एशियन हाइड्रोपावर, पीपीए सम्पन्न

spot_img

एशियन हाइड्रोपावर लिमिटेडले दुई वटा सोलार आयोजना निर्माण प्रक्रिया अघि बढाएको छ । सौर्य आयोजना निर्माणको लागि  नेपाल विद्युत प्राधिकरणबाट  प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामा एशियन हाइड्रो पनि छनौट भएको थियो ।

छनौटमा परेसंगै कम्पनीले दुईवटा ग्रिड-जडित सौर्य पीभी (Solar PV) आयोजनाको विकासका लागि नेपाल विद्युत प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त गरेको थियो ।  बोलपत्र अन्तर्गत छनौट भएको कम्पनीले सौर्य उर्जा आयोजनाको लागि विद्युत खरिद बिक्री सम्झौता गर्नका लागि छनौट भएको कम्पनी समेत शेयरधनी रहने गरि Special Purpose Vehicle (SPV) को रुपमा कम्पनी ऐन २०६३ बमोजिम छुट्टै कम्पनीहरु समेत संस्थापना गर्नुपर्ने व्यवस्था थियो । सोहि अनुसार एशियन हाइड्रोपावर समेत समेत शेयरधनी हुने गरि दुईवटा सौर्य उर्जा आयोजनाहरुको लागि कम्पनी समेत गठन भईसकेको छ ।

दुईवटा आयोजनाहरु मध्ये पहिलो Special Purpose Vehicle (SPV) इन्टीग्रेटेड इनर्जी एण्ड इन्डष्ट्रियल इन्टरप्राइजेज प्रा. लि. रहेको छ। यस कम्पनीले मधेश प्रदेश, धनुषा जिल्लाको मिथिला नगरपालिकामा सौर्य उर्जाबाट ३०,००० किलोवाट (३० मे. वा.) क्षमता को ढल्केवर – २ सौर्य उर्जा आयोजना निर्माण गर्ने छ ।

दोस्रो Special Purpose Vehicle (SPV) मिथिला सोलार इनर्जी प्रा.लि. रहेको छ । यसले मधेश प्रदेश सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा सौर्य उर्जाबाट १०,००० किलोवाट (१० मे. वा.) क्षमताको हरिपुर सौर्य उर्जा आयोजना निर्माण गर्ने छ ।

कम्पनीका अनुसार हाल ती दुवै आयोजनाहरुको लागि नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता (Power Purchase Agreement) सम्पन्न भईसकेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...
spot_img