Sunday, July 5, 2026
spot_img

थप ३ महिनाको लागि भारतबाट ६५४ मेगावाट विद्युत आयात गर्न नेपालले पायो अनुमति

spot_img

भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात गर्न अनुमति नविकरण गरेको हो ।

यस अघि दिइएको अनुमतिको म्याद बुधबार सकिंदै थियो । नेपाल विद्युत प्राधिकरणले ढल्केवर–मुजफफ्पुर ४०० केभी प्रसारण लाइनमार्फत ६०० सय टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट गरी ६५४ मेगावाट विद्युत प्रतिश्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो । १७ पुसबाट १७ चैत (१ जनवरी–३१ मार्च २०२६) सम्म विद्युत आयातको अनुमति पाएको हो । १८ चैतबाट १५ भदौ (१ अप्रिल–३१ अगस्ट २०२६) सम्म्को नविकरण भने पछि गरिने प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीलाई टेलिफोन गरी आरटिसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नविकरण गरिदिन आग्रह गरेका थिए। उनले आरटिसी मोडमा विद्युत आयात गर्न अनुमति पाएकाले हिउँदयामको विद्युत माग र आपूर्तिको माग व्यवस्थापन गर्न सहज हुने बताए । —

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...

आईएमएफको उच्चस्तरीय टोलीद्वारा अर्थतन्त्र र सुधार एजेन्डाबारे नेपाली पक्षसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल सरकारका उच्च...
spot_img