Tuesday, May 5, 2026
spot_img
spot_img

शेयर धितो कर्जाको क्याप हटाउन बैंकिङ क्षेत्र सुधार कार्यदलको सिफारिस

spot_img
spot_img

राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले शेयर धितो कर्जाको क्याप हटाउन सिफारिस गरेको छ । कार्यदलले पेश गरेको प्रतिवेदन आज सार्वजानिक भएको छ।

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरूलाई सेयर धितोकर्जामा प्राथमिक पँुजीको ४० प्रतिशतको क्याप लगाइरहेको हुँदा अन्य नियमन (व्यक्तिगत कर्जाको क्याप, गणना विधि आदि) जरुरी नभएकाले सोसम्बन्धी निर्णय बैंक तथा वित्तीय संस्थाले नै गर्ने अधिकार दिन सिफारिस गरिएको छ। यस व्यवस्थाबाट बैंक तथा पँुजीबजार दुवै परिचालित भई अर्थतन्त्रमा पनि केही गतिशीलता आउने र यसलाई मौद्रिक नियामकले बारम्बार हस्तक्षेप गरिरहने प्रथाकोपनि अन्त्य हुने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थानुसार संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने व्यवस्था गरेको विषयमा कानुनी परामर्श लिई बैंकिङ र सेयरबजारको अवस्थालाई दृष्टिगत गरी १० वर्षभित्रमा ऐच्छिक रूपमा गर्न सकिने व्यवस्था गर्न कार्यदलले सिफारिस गरेको छ ।  यसबाट बैंकिङ स्वामित्वमा सर्वसाधारणको स्वामित्व बढ्ने साथै व्यवसायी र बंैकर पनि छुट्टिदै जाने विश्वास कार्यदलले व्यक्त गरेको छ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...

एफएनसीसीआईको निर्वाचन जारी, ढकाल र श्रेष्ठले एकसाथ खसाले भोट

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा अन्तर्गत अहिले निर्वाचन...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ। सोमबार प्रतितोला २...

माथिल्लो भुरुन्डी ए जलविद्युत आयोजनाको इलेक्ट्रो मेकानिकल कार्य जेपर्टले गर्ने

निको इनर्जी लिमिटेडले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको ...

वैदेशिक रोजगारीमा रहेकाले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले एभरेष्ट कलर लिमिटेडको आईपीओ भर्ने...

कालंगा हाइड्रोले जेठ ८ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने

कालंगा हाइड्रो लिमिटेडले जेठ ८ गतेदेखि आम सर्वसाधारणलाई आईपीओ...
spot_img