एनपिआई नारायणी सामुदायिक हस्पिटल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले पुस २४ गते बोलाएको साधारणसभाको विशेष प्रस्तावमा आईपीओ निष्काशनको प्रस्ताव पेश हुन लागेको हो।
त्यस्तै विशेष प्रस्ताव अन्तर्गत नै कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ। यस कम्पनीले चितवनमा १०० शैयाको एनपिआई नारायणी सामुदायिक हस्पिटल संचालन गरिरहेको छ ।
कम्पनीका कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठ हुन् । कम्पनीका अन्य संचालकमा चुडामणि खनाल, बाबुराम उपाध्याय, पुष्पराज शर्मा, विष्णु कुँवर, डा. होमनाथ सापकोटा, र श्रीप्रकाश कंडेल रहेका छन् ।









