दोर्दी खोला जलविद्युत कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुंजी २ अर्ब १० करोड ८५ लाख रुपैयाँको ५६.६२ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो।
कम्पनीले हकप्रद निष्काशन सम्बन्धि यो प्रस्ताव पुस २१ गते हुने साधारणसभामा पेश गर्न लागेको हो । कम्पनीले १:०.५६६२ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले यस अघि २०८१ चैत्र १९ देखि २०८२ वैशाख १४ गतेसम्म १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर जारी गरेको थियो। एक वर्षपनि नबित्दै कम्पनीले फेरि हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो।













