Saturday, June 20, 2026
spot_img

एनपीएलको फाइनल आजः सुदूरपश्चिम र लुम्बिनी भिड्दै

spot_img
spot_img

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज फाइनल खेल हुँदैछ । दोस्रो संस्करणको एनपीएलको फाइनलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् ।

त्रिवि क्रिकेट रंगशालामा ३ः३० बजेदेखि सुरु हुने खेलमा दूबै टोली पहिलोपटक उपाधि जित्ने लक्ष्यमा छन् । पहिलो सिजनको उपाधि विजेता जनकपूर बोल्ट्स यसपाली लिग चरणबाटै बाहिरिएसँगै यसपाली जसले जितेपजि एनपीएलले नयाँ च्याम्पियन पाउनेछ ।

सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनल पुगेको हो भने लुम्बिनी लायन्स यसपाली पहिलोपटक प्लेअफ पुगेर फाइनल प्रवेश गरेको हो ।

पहिलो संस्करणमा फाइनल पुगेपनि सुदूरपश्चिम जनकपुरसँग पराजित हुँदै उपविजेता बनेको थियो । यसपाली पनि लिग चरणमा शानदार प्रदर्शन गर्दै शीर्ष स्थानमा रहेको सुदूरपश्चिम पहिलो क्वालिफायर जितेर सिँधै फाइनलमा पुगेको हो ।

लुम्बिनीले यस सिजन उत्केष्ट कमब्याक गरेर फाइनलसम्मको यात्रा तय गरेको हो । लुम्बिनीका कप्तान रोहित पौडेल नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत हुन् । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी राष्ट्रिय टिमका उपकप्तान हुन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img