विश्व माटो दिवसको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्सले वृक्षारोपण अभियानको सुरुवात गरेको छ । कम्पनीले लुम्बिनी वर्ल्ड पीस फोरम र चन्द्रनगर गाउँपालिकासँगको सहकार्यमा सर्लाहीमा वृक्षारोपण अभियानको सुरुवात गरेको हो ।
वातावरण संरक्षण र दीर्घकालीन सामुदायिक कल्याणलाई लक्षित चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गा खोंभारी जनता माध्यमिक विद्यालयमा १ हजार ७५० मोरिङ्गा (सजिवनी)का बिरुवा रोपेर कार्यक्रमको पहिलो चरण सम्पन्न गरिएको हो ।
सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, मधेश प्रदेश प्रमुख नबराज चौधरी, वृक्षारोपण अभियानका अभियन्ता बासु गौतम र गाउपालिकाका अध्यक्ष राज कुमार महतोले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरे ।
सहभागीहरुले मोरिङ्गा बिरुवाको उच्च औषधीय तथा पोषक मूल्यको चर्चा गर्दै वातावरणीय दिगोपनमा सामुदायिक साझेदारी अनिवार्य रहेको उल्लेख गरेका छन् ।
हाल सन नेपाल लाइफले देशभरी १४८ शाखा तथा उप–शाखाबाट जीवन बीमा सुविधा दिँदै आइरहेको छ ।













