त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज एक मात्र खेल हुने छ । आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
छ खेलबाट छ अङ्क जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेलमा जित अति आवश्यक छ । लुम्बिनीले जितेमा लुम्बिनी प्लेअफ पुग्ने छ भने पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बाहिरनेछ ।
जनकपुरले हालसम्म पाँच खेलबाट दुई अङ्क मात्र पाएको छ। यदि आज जनकपुर जितेमा भने प्ले अफ पुग्ने अन्तिम टिमको टुंगो लाग्ने अर्को दिन पर्खनु पर्ने छ । हालसम्म सुदुरपश्चिम, विराटनगर र काठमाडौँ प्ले अफमा पुगिसकेका छन् । कर्णाली भने प्ले अफ होडबाट बाहिरिसकेको छ ।












