Saturday, June 20, 2026
spot_img

फिफा विश्वकपको लागि आज समूह विभाजन हुँदै, यस्तो छ प्रक्रिया

spot_img
spot_img

फिफा विश्वकप २०२६ को लागि इतिहासकै सबैभन्दा ठूलो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। शुक्रबार अमेरिकाको वाशिङ्टन डीसीस्थित जोन एफ. केनेडी सेन्टर फर द पर्फर्मिङ आर्ट्समा फाइनल ड्र हुनेछ, जसमा ४८ राष्ट्रिय टोलीहरूका लागि १२ समूहहरूको घोषणा हुनेछ।

यो ड्र आज दिउँसो १२ बजे (स्थानीय समय) सुरु हुने छ र विश्वभरका फुटबल प्रेमीहरूले फक्स स्पोर्ट्स, टेलिमन्डो वा फिफाको आधिकारिक युट्युब च्यानलमार्फत लाइभ हेर्न सक्नेछन्। नेपाली समय अनुसार यो रातको १०:४५ बजे हुने छ ।

यो वर्षको विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरहरूमा आयोजना हुनेछ। यो पहिलो पटक ४८ टोली सहभागी हुने विश्वकप हो, जसले फुटबलको वैश्विक पहुँचलाई थप विस्तार गर्नेछ। ड्र पछि, शनिबार डिसेम्बर ६ मा पूर्ण खेल तालिका, स्टेडियम र किकअफ समयहरूको घोषणा गरिनेछ।

ग्रुप डिभिजन कसरी हुनेछ ?
फिफाले ४८ टोलीहरूलाई चारवटा पटहरूमा विभाजन गरेको छ, जसमा प्रत्येक पटमा १२ टोलीहरू छन्। यो विभाजन नोभेम्बर २०२५ को फिफा विश्व र्‍याङ्किङमा आधारित छ। प्रत्येक समूहमा चारवटा टोलीहरू हुनेछन् – एक-एक टोली प्रत्येक पाटबाट छानिने गरी।

पट १: मेजबान टोलीहरू (अमेरिका, क्यानडा, मेक्सिको) र शीर्ष ९ र्‍याङ्क भएका टोलीहरू (स्पेन, अर्जेन्टिना, फ्रान्स, इङ्ल्याण्ड, ब्राजिल, पोर्चुगल, नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी)।

पट २: क्रोएसिया, मोरक्को, कोलम्बिया, उरुग्वे, स्विट्जरल्यान्ड, जापान, सेनेगल, इरान, दक्षिण कोरिया, इक्वेडोर, अस्ट्रिया, अस्ट्रेलिया।

पट ३: नर्वे, पानामा, इजिप्ट, अल्जेरिया, स्कटल्यान्ड, पराग्वे, ट्युनिसिया, कोट डि’इभोर, उज्बेकिस्तान, कतार, साउदी अरेबिया, दक्षिण अफ्रिका।

पट ४: जोर्डन, क्याप भर्डे, घाना, कुरासाओ, हैटी, न्युजिल्यान्ड, चार युरोपेली प्ले-अफ विजेता र दुई अन्तरमहादेशीय प्ले-अफ विजेता (मार्च २०२६ मा निर्धारित)।

ड्र प्रक्रिया यसरी हुनेछ 

पट १ बाट सुरु गरी एल सम्मका १२ समूहहरूमा टोलीहरू छानिनेछन्। आयोजकहरु पहिल्यै निर्धारित छन् – मेक्सिको समूह ए, क्यानडा समूह बी र अमेरिका समूह डीमा। प्रत्येक समूहमा एकै महादेशका दुईभन्दा बढी टोलीहरू नपर्ने नियम छ (युरोपेली टोलीहरूको हकमा अपवादस्वरूप दुई टोलीसम्म)।

ग्रुप चरणमा प्रत्येक टोलीले आफ्ना तीन प्रतिद्वन्द्वीसँग खेल्नेछ। शीर्ष दुई टोलीहरू र आठ उत्कृष्ट तेस्रो स्थानका टोलीहरूले नयाँ ‘राउन्ड अफ ३२’ मा प्रवेश गर्नेछन्, जसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै फाइनल (जुलाई १९, मेटलाइफ स्टेडियम, न्यू जर्सी) सम्म पुग्नेछन्।

अघिल्लो संस्करणभन्दा फरक के छ ?
२०२२ को कतार विश्वकपमा ३२ टोलीहरू थिए, जसलाई ८ समूहहरूमा (प्रत्येकमा ४ टोली) विभाजन गरिएको थियो। त्यसबेला प्रत्येक समूहबाट दुई टोलीहरू मात्र नकआउट चरणमा पुग्थे। तर २०२६ मा यो ढाँचा पूर्ण रूपमा परिवर्तन भएको छ ।

टोली सङ्ख्या ३२ बाट बढेर ४८ टोलीहरू पुगेको छ भने समूह ८ बाट बढेर १२ वटा पुगेको छ। यसले थप १६ राष्ट्रहरूलाई अवसर दिएको छ, जसमा ओसेनिया महादेश (ओएफसी) लाई पहिलोपटक स्थान दिइएको छ।

प्रत्येक समूहबाट दुई टोलीहरूका साथै आठ उत्कृष्ट तेस्रो स्थानका टोलीहरूले राउन्ड अफ ३२ मा स्थान पाउनेछन्। यसले ३२ टोलीहरू नकआउटमा पुग्नेछन्, जसले खेलहरूको सङ्ख्या ६४ बाट बढाएर १०४ पु¥याएको छ।

पट प्रणाली: चार पटहरू (पहिले तीन पटहरू थिए), जसले समूहहरूलाई थप सन्तुलित बनाउँछ। साथै, शीर्ष चार र्‍याङ्क भएका टोलीहरू (स्पेन, अर्जेन्टिना, फ्रान्स, इङ्ल्याण्ड) लाई फाइनल अघि नभेटिने गरी विपरीत पथमा राखिनेछ।

अन्य भिन्नता: फाइनल चार पुग्ने टोलीहरूले सातको सट्टा आठ खेल खेल्नुपर्नेछ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...

यी हुन् शुक्रबारको मन्त्रिपरिषद बैठकले गरेका ६ निर्णय

शुक्रबारको मन्त्रिपरिषद बैठकले विभिन्न ६ निर्णय गरेको छ ।...

सेबोनको अध्यक्षमा नियुक्त भएका डा. गोपाल भट्ट को हुन् ?

सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद...

धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्ट...

१० मेगावाटभन्दा कम क्षमताका हाइड्रोको पीपीए खुला

सरकारले १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको विद्युत् खरिद...
spot_img