अब लघुवित्त कम्पनीहरुबाट १५ लाखसम्म लघुकर्जा लिन सकिने भएको छ । मौद्रिक नीतिको समीक्षाले गरेका व्यवस्था कार्यान्वयनको लागि आज राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै ऋणको सीमा बढाएको हो।
जस अनुसार विपन्न तथा न्यून आय भएका समूहमा आवद्ध भएका वा नभएका ब्यक्तिहरुलाई लघुवित्तले स्वीकारयोग्य धितो लिई कृषि, लघु उद्यम वा व्यवसाय सञ्चालन गर्न प्रयोजन खुलाइ प्रतिव्यक्ति बढीमा रु.१५ लाख रुपैयाँसम्म लघुकर्जा उपलब्ध गराउन सक्ने छ। समूहमा आवद्ध भएको सदस्यलाइ एकै अवधिमा समूह कर्जा वा धितो कर्जा मध्ये कुनै एक कर्जा मात्र प्रवाह गर्न सकिनेछ ।
यद्यपि खुद्रा कर्जा कारोबार गर्ने लघुवित्तलाई मात्र यो सीमा लागू हुने छ ।













