Monday, July 6, 2026
spot_img

४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना बनाउन चिलिमेले पायो लाईसेन्स

spot_img

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ४५ मेगावाटको चुमचेत स्यारखोला जलविद्युत आयोजना निर्माणको लागि लाईसेन्स पाएको छ।  विद्युत विकास विभागले मङ्सिर ५ गते कम्पनीलाई उत्पादन लाईसेन्स दिएको हो। लाईसेन्सको अवधि ३५ वर्षको रहेको छ ।

अब आयोजनाको वित्तीय व्यवस्थापन भएपछि आयोजना निर्माणले गति लिने छ। कम्पनीले बनाउने यो आयोजना गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा रहने छ । कम्पनीका अनुसार आयोजनाको लागि चुमनुव्री गाउँपालिका-६ को गुमलुङ्गमा अवस्थित झोलुङ्गे पुल भन्दा ३०० मि. तल ८.५० मि. अग्लो र १५.५० मि. लम्बाइको Weir निर्माण गरी १३.८५ घनमिटर प्रति सेकेण्ड पानीको बहावलाई ग्रेभल ट्रेप हुदै बालुवा थिग्राउने पोखरीमा पुऱ्याई सफा पानीलाई ४९३२.३७ मि. लामो सुरुङ्ग मार्फत सर्ज शाफ्टमा पठाईने छ ।

तत्पश्चात् उक्त पानीलाई ७२५ मि. लामो २.० मि. आन्तरिक व्यास भएको प्रेसर शाफ्ट मार्फत चुमनुव्री गाउँपालिका-६ लोक्पा गाउँ नजिक निर्माण हुने भूमिगत विद्युतगृहमा खसाली पेल्टन टर्वाइनको सहायताले ४५ मे.वा. विद्युत उत्पादन गरिने छ । त्यसपछि निष्कासन हुने पानीलाई ३९० मि. लम्बाइ ३.६० मि. चौडाइ र ३.७५ मि. उचाइको टेलरेस सुरुङ्ग मार्फत पुनः स्यार खोलामा नै छोडिने कम्पनीले जनाएको छ । प्रस्तावित आयोजनाको सम्पूर्ण संरचनाहरु स्यार खोलाको दायाँ किनारमा अवस्थित रहने छन् ।

यस आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई २२० के.भी. सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत बुढी गण्डकी प्रोक जलविद्युत आयोजनाको स्वीचिङ्ग स्टेशमा जोडिने छ । तत्पश्चात बुढी गण्डकी प्रोक जलविद्युत आयोजना, बुढी गण्डकी प्रोक-१ जलविद्युत आयोजना र चुमचेत स्यारखोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युतीय ऊर्जालाई ७० किलोमिटर लामो एकिकृत २२० के.भी. डबल सर्किट विद्युत प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोकमा प्रस्तावित २२० / १३२/३३ के.भी. सवस्टेसनमा जोडी ने. वि. प्रा. को ग्रिडमा २२० के.भी. भोल्टेज लेभलमा Evacuate गर्ने योजना रहेको छ ।

आयोजनाको कुल लागत ९ अर्ब १५ करोड ३९ लाख अनुमान गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना...

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...
spot_img