Thursday, August 6, 2026
spot_img

सिटिजन्स बैंकको साधारणसभा सम्पन्न, १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत

spot_img
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज शुक्रबार बैंक संचालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।
सभाले आ.व. २०८१÷८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको एन।एफ।आर।एस बमोजिम तयार गरिएको वासलात, आ.व. २०८१÷८२ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०८१÷८२ को वितरण योग्य मुनाफाबाट २०८२ आषाढ मसान्तको चुक्तापूँजी रु. १४,७६९,०१२,९६६÷– को ५ प्रतिशतले  हुने रु.७३८,४५०,६४८.३० बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२६३ प्रतिशतले हुने रु. ३८,८६५,८२३.५९ सहित जम्मा रु. ७७७,३१६,४७१.८९ लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । बैंकले आर्थिक वर्ष ०६५÷६६ बाट लगातार लाभांश वितरण गर्दै आएको छ । बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्न सक्ने विश्वास सभालाई गराए ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img