आगामी टि २० विश्वकपमा नेपाल समूह सी मा परेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज समुह विभाजन र खेल तालिका सार्वजनिक गरेको हो।
जस अनुसार नेपाल रहेको समूह सी मा नेपाल सहित इंग्ल्यान्ड, बंगलादेश, वेस्ट इन्डिज, र इटाली रहेको छ । नेपालको सबै खेल भारतको मुम्बई स्थित वान्खेडे स्टेडियममा हुने छ।
नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग भारतीय समुह अनुसार दिउँसो ३ बजे, फेब्रुअरी १२ मा इटालीसँग दिउँसो ३ बजे, फेब्रुअरी १५ मा वेस्टइन्डिजसँग बिहान ११ बजे, र फेब्रुअरी १७ मा बंगलादेशसँग साँझ ७ बजे हुने छ।
सन् २०२६ को टि २० विश्वकप भारत र श्रीलंकामा हुन लागेको हो, तर नेपालको समूह चरणको सबै खेल भारतमा हुन लागेको हो। विश्वकपमा २० टिम हुने छन् ।
कुन देश कुन समुहमा ?
समूह ए : भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड, नामिबिया
समूह बि : अष्ट्रेलिया, श्रीलंका, आयरल्याण्ड, जिम्बाबे , ओमान
समूह सी : इंग्ल्यान्डक, वेस्ट इन्डिज, बंगलादेश, नेपाल, इटाली
समुह डि: न्युजील्याण्ड, साउथ अफ्रीका, अफगानिस्तान, क्यानाडा, युएई
समूहमा रहेका सबै देशले आफ्नो समूहमा रहेका अन्य देशसँग समान १-१ खेल खेल्ने छन् । त्यसपछि हरेक समूहको शिर्ष स्थानमा रहने २ टिम दोस्रो चरणमा प्रवेश गर्ने छन् । यसरी कुल ८ देश दोस्रो चरणमा पुग्ने छन् । यी ८ देशलाई ४/४ देश रहने गरि दुई समूहमा विभाजन गरिने छ। जसमा समूहमा रहेका सबै देशले आफ्नो समूहमा रहेका अन्य देशसँग समान १-१ खेल खेल्ने छन् । त्यसपछि हरेक समूहको शिर्ष स्थानमा रहने २ टिम गरि कुल ४ टिम सेमिफाइनलमा प्रवेश गर्ने छन् ।












