Thursday, August 6, 2026
spot_img

सिक्लेस हाईड्रोको साधारणसभा आह्वान, बोनसपछि हकप्रद प्रस्ताव

spot_img

सिक्लेस हाईड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा साधारणसभा बोलाएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आ.व. २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजिको १५ प्रतिशतले हुन आउने  १२ करोड ७५ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  कम्पनीको बार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

साथै बोनस शेयर जारी भए पश्चात कायम हुने चुक्ता पुँजीको १:१ ( एक बराबर एक) अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गरी अन्य जलविद्युत आयोजनाहरुमा लगानी गर्ने निर्णय कम्पनीले गरेको छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

३ जना संघीय मन्त्रीको उपस्थितिमा किसानका समस्याबारे छलफल

नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलाञ्चोकलगायत जिल्लाका किसानले भोगिरहेका समस्या, कृषि...

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...
spot_img