नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १ करोड १ लाख रकम जम्मा गरेको छ। आज आइतबार कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले एक करोड एकलाख रकम बराबरको भौचर अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
आज नै एफवान सफ्ट ग्रुपमा आवद्ध एफवान सफ्ट ईन्टरनेशनल, इसेवा लिमिटेड र फोनपे पेमेण्ट सर्भिस लिमिटेडका कर्मचारी तथा उक्त कम्पनीहरुको संयुक्त योगदान हुने गरी पचहत्तर लाख रकम बराबरको चेक उक्त ग्रुपको तर्फबाट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले मन्त्री खनाललाई हस्तान्तरण गरेका छन् ।
नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान गर्ने दुवै कम्पनीलाई नेपाल सरकारको तर्फबाट अर्थमन्त्री रामेश्वर प्रसाद खनालले विशेष धन्यवाद दिएका थिए । उक्त कोषमा आज मङ्सिर ७ गतेसम्म ९ करोड ३० लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएको छ ।













