Tuesday, July 7, 2026
spot_img

अण्डाको भाउ बढ्यो

spot_img

अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजबाट लागू हुने गरी अण्डाको मूल्य बढाएको हो ।

अब सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५२० रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ र मिडिएम साइजको अण्डा प्रतिक्रेत ४९० रुपैयाँ कायम गरिएको छ । संघले यसअघिको मूल्यमा प्रतिक्रेट ५५ रुपैयाँले भाउ बढाएको हो ।

भारतमा भएको निर्वाचनका कारण सिमानामा कडाइ भएसँगै भारतीय अण्डा नेपाली बजारमा छिर्न नपाएकाले नेपालका कुखुरा पालक कृषकले अण्डाको भाउ पाएको संघले जनाएको छ । अण्डाको लागत मूल्य नेपालमा प्रतिगोटा १६.५७ रुपैयाँ पर्न आउने र बढेको भाउमा अण्डा बिक्री गर्दा नेपालका किसानले लागत मूल्य पाउने संघको भनाइ छ ।

साथै, जाडो महिनामा अण्डाको खपत पनि बढ्छ । त्यस अनुसार माग पनि बढ्न जान्छ र उत्पादन सिमित हुँदा अन्य वर्षहरुमा पनि जाडो याममा भाउ बढ्ने गरेको थियो ।

नेपालमा दैनिक ४० लाख अण्डा उत्पादन हुँदै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

दोस्रो संस्करणको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’मा ५१ स्टल रहने, ४० वटा नयाँ मोडल लन्च हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (NAIMA) ले आयोजना...

डिजिटल एड प्लेटफर्म “एड्सारो नेपाल” सार्वजनिक, विज्ञापन बजारको क्लियरिङ हाउस बन्ने लक्ष्य

नेपालको आफ्नै डिजिटल विज्ञापन प्लेटफर्म “एड्सारो नेपाल” को औपचारिक...

CNIYEF द्वारा नेपालको अटोमोटिभ उद्योगको अवस्थाबारे उच्चस्तरीय ‘सीईओ फोरम’ सम्पन्न

नेपाल उद्योग परिसंघ (सीएनआई) को युवा संगठन सीएनआई युवा...

नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंले...

सुनचाँदीको भाउमा गिरावट

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार...

माउन्ट एभरेष्ट पावरको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल...
spot_img