Thursday, May 7, 2026
spot_img
spot_img

अनलाइनबाटै आवेदन दिन सकिने ‘स्टार्टअप कर्जा’का लागि निवेदन दिन किन लाइन ?

spot_img
spot_img

सरकारले स्टार्टअप उद्यम कर्जाको लागि परियोजना प्रस्ताव लिइरहेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले चालु आर्थिक वर्ष २०८२/८३ का लागि स्टार्टअप उद्यम कर्जा वितरण गर्न मंसिर ९ गतेसम्म आवेदन लिनेछ ।

प्रतिष्ठानले कार्तिक १९ गते सार्वजनिक सूचना जारी गर्दै २१ दिनभित्र अर्थात् मङ्सिर ९ गते दिउँसो ४ बजेसम्म प्रस्ताव पेश गर्न भनेको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताका अनुसार अनलाइनबाटै आवेदन दिन सकिन्छ । तर, आवेदन दिन प्रतिष्ठानको कार्यालयमा लाइन लाग्ने गरेको छ ।

आवेदन दिनेहरु अनलाइन प्रणालीबाट आवेदन दिन अभ्यस्त हुन नसक्दा आफैँ प्रतिष्ठानको कार्यालयमा उपस्थित हुने गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक गुप्ता बताउँछन् । उनका अनुसार अनलाइनबाट आवेदन दिँदा धेरै कुराहरु छुट्छ भन्ने लागेर पनि व्यक्तिहरु आफैँ उपस्थित हुने गरेका छन् ।

‘अनलाइन प्रणालीबाटै आवेदन दिन सकिने व्यवस्था गरेका छौँ, तर अनलाइन प्रणालीमा अभ्यस्त हुन नसकेका र अनलाइनबाट आवेदन दिँदा अनिवार्य अपलोड गर्नुपर्ने फाइल अपलोड नहुँदा इरर देखायो भने व्यक्तिहरु आफैँ आउनुहुन्छ’ उनले भने, ‘यहाँ आउनु भएका व्यक्तिहरुलाई प्रतिष्ठानले सहजीकरण गर्दै आएको छ । हामीले कर्मचारी नै खटाएका छौँ ।’

गुप्ताका अनुसार आवेदन दिनेको संख्या बढ्दो छ । सरकारबाट बिना धितो कर्जा पाउने भएकाले आवेदकहरु पनि वर्षेनी बढ्ने गरेको उनको भनाइ छ ।

कति पाइन्छ कर्जा ?

चालु आर्थिक वर्षमा स्टार्टअप कर्जाबापत एक स्टार्टअप उद्यमीले ३ प्रतिशत ब्याजदरमा अधिकतम् २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । यसअघि सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाख रुपैयाँसम्म स्टार्टअप कर्जा दिँदै आएको थियो ।

चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यविधिअनुसार अधिकतम् सीमा २५ लाखबाट २० लाख कायम गरिएको छ । सरकारले बजेट नै घटाएकाले सीमा पनि घटाउनु परेको प्रतिष्ठानले जनाएको छ ।

गतवर्ष स्टार्टअप कर्जाका लागि १ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षका लागि सरकारले जम्मा ७३ करोड मात्रै छुट्याएको छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६०० उद्यमीलाई ८८ करोड ६६ लाख २५ हजार रुपैयाँ कर्जा प्रदान गरेको थियो । यसवर्ष आवेदन लिइसकेपछि मूल्यांकन लगायतका आवश्यक प्रक्रिया पूरा गरेर कर्जा वितरण हुने प्रतिष्ठानले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिका संयोजक डा. भट्टले दिए राजीनामा

नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिका संयोजक डा. गुणाकर...

नेपाल आयो ‘एमजी एस–६’, औपचारिक लन्च कहिले ?

पारामाउण्ट मोटर्सले ‘एमजी एस-६’ नेपाल भित्र्याएको छ । पारामाउण्टले...

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ...

अध्यक्ष अन्जन श्रेष्ठको कार्यकालमा महासंघले ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रम कार्यान्वयन गर्ने

नेपाल उद्योग वाणिज्य महासंघले ‘छ स्तम्भ, साठी पहल’ कार्यक्रम...

आईपीओ निष्काशनको तयारीमा रहेको छायाँदेवी कम्प्लेक्स भत्काउन माग

सम्पदा संरक्षण नेपालका अभियानकर्मीले काठमाडौँको ठमेलमा रहेको छायाँदेवी कम्प्लेक्स...

आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधा कार्यक्रमको अवधि दुई महिना थप

अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कार्यकारी बोर्डले नेपालका लागि...
spot_img