आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला २ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ८ हजार ३ सय ३५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।













