मातृभूमि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। उनले कार्तिक ३० गते राजीनामा दिएकोमा कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ। आज मङ्सिर २ गते लागु हुने गरि कम्पनीले उनको राजीनामा स्वीकृत गरेको हो।
त्यस्तै बैठकले हाल कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका बखत बहादुर बटालालाई निमित्त सीइओको जिम्मेवारी दिएको छ। उनी कम्पनी सचिवको जिम्मेवारीमा छन् ।












