आज सोमबार सुनको भाउ बढेको छ । आइतबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ४३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ८ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ५५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ५ रुपैयाँ तोकिएको छ ।













