आज आइतबार सुनको भाउ घटेको छ । शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ६ हजार ९ सय सय रुपैयाँले घटेर प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ८ हजार १ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय ३५ रुपैयाँमा आइपुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ६ सय ८८ रुपैयाँ तोकिएको छ ।













